२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने



अ+ अ-

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।

मंगलवार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुरा जानकारी गराउनुभएको हो ।

उहाँले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरुका श्रीमान–श्रीमति र १८ वर्ष नकेटाका उनीहरुका छोराछोरीहरुका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिनुभयो । उहाँले कोषमा सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएको जानकारी गराउँदै आवद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताउनु भयो ।

उहाँले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताउनु भयो । उहाँले कोष कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिनुभयो । यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि गर्ने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक अधिकारीले भन्नुभयो,‘औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भइसक्नुभएको छ । वैदेशिक रोजगारमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिकहरु औपचारिक तथा अनौपचारिक श्रमिकहरुसहित १७ लाख ९४ हजार सात सय ४० श्रमिकहरु कोषमा आवद्ध भइसकेको अवस्था छ । यो हिजोको तथ्यांक हो । त्यसैगरी कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाहरु अन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर रुपमा अगाडि बढिरहेको छ । आजसम्म कोषले सञ्चालन गरेका औषधिउपचार तथा मातृत्व योजनामा तीन लाख ७४ हजार एक सय वटा दाबी बापत एक अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा सात हजार एक सय १७ वटा दाबी बापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत पाँच सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धा अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड गरि ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको अवस्था छ ।

विश्वका असल अभ्यासहरुलाई आत्मसाथ गर्दै कोषले सामाजिक सुरक्षाको प्रभावकारीतालाई मध्यनजर गर्दै अगाडि बढिरहेको छ । पहिले वैदेशीक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अहिले उनीहरुका श्रीमान, श्रीमति र १८ वर्ष नकेटाका छोराछोरीहरुले समेत अहिले उपचार थप गरिएको व्यहोरा जानकारी गराउँदछु । कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रिय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको छ । यसै आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको छ । जसले गर्दा सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चि हुनेछ । ’

उहाँले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताउनु भयो । उहाँले कोषका सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताउनु भयो ।