९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘कान्तारा’का स्टार कास्टले भरिएको बस पल्टियो



अ+ अ-

एजेन्सी । चलचित्र ‘कान्ताराः च्याप्टर १’ को बारेमा नराम्रो खबर आएको छ । चलचित्रकर्मीले भरिएको मिनी बस पल्टिएको छ । बसमा फिल्मका २० कलाकार थिए, जसमध्ये ६ जुनियर कलाकार घाइते भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार पुलिसले सोमबार कन्नड ब्लकबस्टर फिल्म ‘कान्तारा’को प्रिक्वेलका छ जना जुनियर कलाकारहरू दुर्घटनामा घाइते भएको जानकारी दियो । उनीहरु त्यही बसमा सवार थिए जुन बस पल्टिएको थियो ।

प्रहरीका अनुसार आइतबार राति जडकल नजिक यो दुर्घटना भएको हो । चलचित्र टोली चढेको मिनी बस अचानक पल्टिएको हो । ‘जडकालको मुदुरमा सुटिङ पूरा गरेर कोल्लुर फर्किंदै गर्दा यो घटना भएको हो ।’ एक प्रहरी अधिकारीले भने । मिनी बसमा २० जना जुनियर कलाकार सवार थिए ।

दुर्घटनामा घाइते भएका कलाकारहरुलाई उपचारका लागि तात्का जडकल र कुन्दपुर अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा कोल्लुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ऋषभ शेट्टीले हालै ‘कान्ताराः च्याप्टर १’ को रिलिज मिति घोषणा गरेका थिए । यो फिल्म अक्टोबर २, २०२५ मा रिलिज हुने तय गरिएको छ। सन् २०२२ मा रिलिज भएको ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ बक्स अफिसमा ब्लकबस्टर साबित भयो । फिल्म हिट भएपछि मात्र ऋषभले यसको सिक्वेल घोषणा गरे जुन वास्तवमा फिल्मको प्रिक्वेल हुनेछ ।