२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘कान्तारा’का स्टार कास्टले भरिएको बस पल्टियो



अ+ अ-

एजेन्सी । चलचित्र ‘कान्ताराः च्याप्टर १’ को बारेमा नराम्रो खबर आएको छ । चलचित्रकर्मीले भरिएको मिनी बस पल्टिएको छ । बसमा फिल्मका २० कलाकार थिए, जसमध्ये ६ जुनियर कलाकार घाइते भएका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार पुलिसले सोमबार कन्नड ब्लकबस्टर फिल्म ‘कान्तारा’को प्रिक्वेलका छ जना जुनियर कलाकारहरू दुर्घटनामा घाइते भएको जानकारी दियो । उनीहरु त्यही बसमा सवार थिए जुन बस पल्टिएको थियो ।

प्रहरीका अनुसार आइतबार राति जडकल नजिक यो दुर्घटना भएको हो । चलचित्र टोली चढेको मिनी बस अचानक पल्टिएको हो । ‘जडकालको मुदुरमा सुटिङ पूरा गरेर कोल्लुर फर्किंदै गर्दा यो घटना भएको हो ।’ एक प्रहरी अधिकारीले भने । मिनी बसमा २० जना जुनियर कलाकार सवार थिए ।

दुर्घटनामा घाइते भएका कलाकारहरुलाई उपचारका लागि तात्का जडकल र कुन्दपुर अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा कोल्लुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ऋषभ शेट्टीले हालै ‘कान्ताराः च्याप्टर १’ को रिलिज मिति घोषणा गरेका थिए । यो फिल्म अक्टोबर २, २०२५ मा रिलिज हुने तय गरिएको छ। सन् २०२२ मा रिलिज भएको ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ बक्स अफिसमा ब्लकबस्टर साबित भयो । फिल्म हिट भएपछि मात्र ऋषभले यसको सिक्वेल घोषणा गरे जुन वास्तवमा फिल्मको प्रिक्वेल हुनेछ ।