काठमाडौं । अमेरिकामा सुनामीको खतरा देखिएको छ । नेपाली समयअनुसार बिहान साढे २ बजेतिर अमेरिकाको होमरमा अलास्का नजिक भुकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको हो । भुकम्प ७.३ रेक्टरको गएको र भुकम्पको कारण भूकम्पपछि अब सुनामी पनि आउन सक्ने चेतावनी जारी गरिएको छ ।
भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिममा गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको हो ।
भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । केही स्थानमा सुनामीका साना लहर देखिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।











