३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान-फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को चर्चा अहिले चुलिएको छ ।

अन्य खेलकुद संघहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली खेलकुद नै तरङ्गित हुनेगरी चर्चा बटुलिरहेको हो ।

चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता । योसँगै अर्को चर्चाको विषय बनेको छ, टियु खेल मैदान ।

यो पटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकहरूले केहि हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महशुस पक्कै गर्नेछन् ।

यी दृश्यहरुले पनि स्वरूप फेरिएको टियु मैदानको आभाष हुन्छ । विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाई छ । यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्टाइएको छ ।

टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र चार जोनको लागि अलग अलग गेट बनाइएको छ । अर्को ठूलो परिवर्तन भनेको टियु मैदानना पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिनेछ ।

जसका लागि बस्ने मेच राखिएको छ । टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको रहेको छ । तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ । साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ ।

यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ । पहिलो पटक टियुमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो । यसबाहेक अर्को महत्वपूर्ण पक्ष भनेको पिच हो ।

पिचमा लगानी र मेहनत भरपुर गरिएको छ । बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ । सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ । दर्शक र मैदानबीचको बारलाई सारिएको छ । जसले गर्दा बाउण्ड्री नै बढेको छ ।

अर्को ठूलो परिवर्तन भने भीआईपी र फ्रेन्चाइज लाउन्ज बनेको छ । मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ । प्रयाक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ । साइड स्क्रीन पनि परिवर्तन गरिएको छ । क्यान आफैँले गरेको स—साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ । तर सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सिमित बनेको छ ।

यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ । ८ टिमबीच हुने एनपिएल यही मंसिर १५ गतेदेखि शुरू हुँदैछ । यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन् । तर यो पटक क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपिएलको रौनक बेग्लै छ ।