२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’

लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र

लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र
अ अ+ अ-

प्रिय कमरेड
रातो सलाम।
रुस-युक्रेनविच ठ्याक्कै १,००३ दिन अघिदेखी सुरु उच्च प्रविधियुक्त आधुनिक युद्धको सयौं अग्रमोर्चामा ३८५ दिनदेखि सहभागी भएर दर्जनौं पटक मृत्युसँग लुकामारी खेल्दै आजसम्म सकुशल रहेको जानकारी गराउन पाउँदा मन निकै हलुका भएको महशुस गर्दैछु।त्यहाँ आफ्नो देशको संसदीय राजनीतिक मोर्चाको अन्त्यहिन लडाइँमा निरन्तर सक्रिय सहभागी तपाईं पनि सकुशल नै हुनुहुन्छ होला भन्नेमा विश्वस्त छु।

हुनत ३ पटक सम्म देशको कार्यकारी प्रमुख भैसकेको व्यक्ति तपाईं लाई मैले सम्माननिय/माननीय,श्रदेय,ज्यु आदी शव्दले सम्बोधन गर्नुपर्ने हो तर किन किन मलाई ती शब्दमा भावनात्मक आत्मियता झल्किन्छ जस्तो लागेन त्यसैले कमरेडली भावना,गहिरो आत्मियता प्रतिविम्बित हुने प्रिय शब्द प्रयोग गर्न पुगे अन्यथा नमान्नु होला है!

त्यसो त आज म जनमुक्ति सेनाको भुमिकामा जनयुद्ध लड्दै छैन,मेरो सुप्रिम कमाण्डर पनि तपाईं होइन तर मलाई कता कता आजपनि जनमुक्ति सेनाकै भुमिकामा जनयुद्ध लड्दै छु,मेरो सुप्रिम कमाण्डर अझै तपाईं नै होकी भन्ने भान हुन्छ।

किनकि यहाँ रसियन सेनामा आजपनि लेनिनले क्रान्ति गर्दा गठन गरेकोे रेड गार्डका कतिपय मान्यताहरु यथावत् छन।जस्तो कि रेडगार्ड भित्र राजनितिक कमिसार रहने व्यवस्थाको परिमार्जित रुप राजनितीक व्युरो प्रमुख रहने व्यवस्था छ।राजनितिक व्युरो प्रमुखले नै राजनीतिक कमाण्ड,
व्यवस्थापनको सवै जिम्मेवारी लिएको हुन्छ।मुठ्ठी कसेर अभिवादन गर्ने,कमरेड शव्दले सम्बोधन गर्ने,कल साईन को प्रयोग जस्ता अभ्यास कायम छ। लडाइँ अवधिमा दर्ज्यानी चिन्ह लगाउन निषेध छ।काम,माम,खटन-पटन,सेवा-सुविधामा विभेद देखिदैन।

अन्य प्रतिक्रियावादी सेनामा जस्तै दिनमा दर्जनौं पटक सिपाहीले कमाण्डर लाई सलामीठोकेर गुलामी गर्न पर्दैन।स्वदेशी-विदेशी भन्ने आधारमा कुनै विभेद,दुर्व्यवहार गर्न सख्त मनाही छ,कहिँ कसैले विभेद गरेको खण्डमा कारवाहीको भागिदार वन्नैपर्छ।सैन्य ईकाई हरुमा हसिया/हथौड़ा अंकित झण्डा तथा लेनिन,स्टालिन,पुटिनका फोटो टासिंएको हुन्छ,कोटेसन हरु लेखिएको हुन्छ।पश्चिमा अमेरिकी साम्राज्यवाद प्रति निकै घृणाभाव देखिन्छ।यसर्थ रसियन सेनामा आवद्ध भएर लडाइँ लड्दै गर्दा जनयुद्ध,जनमुक्ति सेना र सुप्रिम कमाण्डर प्रतिविम्बित हुनु स्वभाविक हुनुपर्छ।

जनयुद्धमा सहभागी हुदाँ सैद्धान्तिक रुपले पश्चिमा-अमेरिकी साम्राज्यवादको विरोध गरिन्थ्यो।यहाँ अहिले पश्चिमा -अमेरिकीहरुले उपलव्ध गराएको घातक मिसाइल,रकेट,वम,गोला-वारुद मात्रै होइन नाटो सैन्य गठवन्धन विरुद्ध लेनिनको देशको तर्फबाट लडाइँ लड्नुपर्दा जनयुद्धकै अर्को फेजको लडाइँ लड्दैछु जस्तो भान हुदोरहेछ। आज यहाँ लेनिन/स्टालिनको पालाको वोल्सेविक पार्टी र सोभियत सत्ता त छैन तर पुटिनको नेतृत्वमा सञ्चालित पश्चिमा-अमेरिकी साम्राज्यवाद विरुद्धको आधुनिक युद्धले सोभियतकालिन इतिहास स्मरण गराउदो रहेछ।

जनयुद्धको बखत जनमुक्ति सेनाको सुप्रिम कमाण्डर तपाईंले कतिवेला कस्तो योजना अघि सार्नुहुन्छ भन्ने सर्वत्र चासोको विषय हुन्थ्यो।तपाईंले जारी गर्ने एउटा प्रेस वक्तव्यले सिङ्गो देश कम्पायमान हुन्थ्यो।प्रतिक्रियावादी हरुमा छट्पटी चल्थ्यो। त्यस्तै यहाँ अहिले रसियन सेनाको सुप्रिम कमाण्डर भ्लादिमिर पुटिनले कस्तो आदेश जारी गर्छन भन्ने विश्वभर चासोको विषय वन्छ।उनले जारी गर्ने एउटै आदेशले विश्वभर तरंग पैदा गर्छ।विश्व व्यवस्थाले अव कुन रुप लिन्छ भन्ने वहसको विषय वन्छ।

भर्खर नोभेम्वर १९ मा परमाणु हतियारको प्रयोग सम्वन्धी पुटिनको नयाँ आदेशले फेरि दुनियाँभर नयाँ हलचल मच्चाएको छ।यसरी जनयुद्ध देखि रुस- युक्रेन युद्ध सम्म,जनमुक्ति सेनादेखी रसियन सेनासम्म, जनमुक्ति सेनाको सुप्रिम कमाण्डर देखि रसियन सेनाको सुप्रिम कमाण्डर सम्मको आदेशमा भिन्नभिन्न लडाइँमा सहभागी भई प्राप्त मिश्रित अनुभुती साझा गर्न उपयुक्त हुने ठानेर नै शव्दमा उतार्ने कष्ट गरेको छु।

अध्यक्ष कमरेड,विस्तृत शान्ति सम्झौता पछी संसदिय राजनितीमा प्रवेशसंगै तपाईंले लिएका कतिपय निर्णयहरुप्रति विगतदेखी आजप्रयन्त मेरो असहमति छन नै यद्यपी म आज राजनीतिक रुपले यत्तिको सचेत वन्न ,देश/दुनियाँलाई धेरथोर वुझ्न/विश्लेषण गर्न तथा आजको निकै कठिन लडाइँमा सहभागी भएर दृढ आत्मविश्वास का साथ लड्न सक्ने हिम्मत जनयुद्धकै कारण जुटेको हो भन्न कुनै अप्ठ्यारो छैन।हरेक मान्छेमा सिमा समस्या र कमजोरीका दायरा हुन्छन भन्ने वुझ्न अलिकति समय लाग्दोरहेछ।

केही जिज्ञासा-सुझाव।

यता रसियन सेनाका सुप्रिम कमाण्डर भ्लादिमिर पुटिनले आफ्नो देश,जनता सेनालाई त एकतावद्द गरेकोे छन नै त्यसको अलावा उनकै सक्रिय पहल
कदमीमा ब्रिक्स फोरम मार्फत विश्वको झण्डै आधा हिस्सा जनसंख्या,भुगोल तथा अर्थतन्त्रलाई समेत एकतावद्द गर्दै पश्चिमा-अमेरिकी साम्राज्यवादी एकछत्र दवदवा अन्त्यको बलियो वैकल्पिक आधार तयार गर्ने सामर्थ्य देखाउदै छन।

नेपालमा दशवर्षे जनयुद्धको मुख्य नेतृत्व,जनमुक्ति सेनाको सुप्रिम कमाण्डर तपाईंले के देशको विद्यमान राजनीतिक प्रणालीलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्न अन्तिम पहलकदमी लिने कष्ट गर्न सक्नुहुन्छ ?के विभाजित सवै माओवादी घटकलाई रुपान्तरण सहित एकतावद्द गर्ने सुत्र पहिल्याउन सक्नुहुन्छ?के अन्य वामपन्थी शक्ति हरुलाई समेत गोलवद्द गरेर समाजवादी मोर्चालाई अझै सशक्त वनाउन सम्भव छ?मलाई लाग्छ तपाईं जत्तिको चलाख,गतिशिल, सर्वमान्य, स्थापित नेताले अन्तिम पटक अलिकति मेहनत गर्ने हो भने धेरै विषयमा सकारात्मक परिणाम निकाल्न सक्नुहुन्छ।

अन्तमा: म त अझै युद्ध भुमिमै छु।युद्ध ले अब कुन रुप लिन्छ,कतिवेला के हुन्छ र कहिले अन्त्य हुन्छ झनै अनिश्चित वन्दै गईरहेको छ। आफुले लडिरहेको लडाइँ एउटा निश्कर्षमा नपुग्दै फर्कन सक्ने अवस्था देखिन्न ।यद्यपी आफ्नो देश, समाजवादी आन्दोलनले आवश्यक ठान्यो भने……..
अहिलेलाई यति नै ।

क्रान्तिकारी अभिवादन सहित
डायमण्ड “सि” म्याग्देली