२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बद्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी



अ+ अ-

काठमाडौं । आफ्नै पार्टीबाट मन्त्री बनेका बद्री पाण्डेलाई गम्भीर आरोप लगाउने नेपाली कांग्रेसका सांसद राजेन्द्र बगजाईंले माफी मागेका छन् ।

कांग्रेस सांसद बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर लगाएको आरोपप्रति माफी मागेका हुन् । बजगाईंले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए ।

सांसद बजगाईले लगाएको आरोप सत्य नभएको भन्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी गरेका थिए । मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै कारबाही गर्न मागसमेत गरेका थिए । सोही क्रममा मंगलबार अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।

‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु , टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु,’ बजगाईंले ट्विटरमा लेखेका छन् ।