२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । जनरल द्विवेदीले मंसिर ९ गतेसम्म नेपाल भ्रमण गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणका दौरान जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति अशोक राज सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

निर्देशनालयका अनुसार भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बिचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ०६ गते एक विशेष समारोहका बिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, वहाँले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।