२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावुको अध्यक्षका लागि पाँच र नलगाडको उपप्रमुखका लागि चार दलको उम्मेदवारी दर्ता



अ+ अ-

सुर्खेत । उपनिर्वाचनका लागि दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदका लागि नेपाली कांग्रेसकातर्फबाट झलक भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एमालेका तर्फबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, रास्वपाबाट प्रकाशकुमार बुढा र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत हमालले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका लागि हुन लागेको निर्वाचनमा कांग्रेस, राप्रपा, एमाले र माओवादी गरी चार दलले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कांग्रेसका तर्फबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।