काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
एमालेले मेयरमा केन्द्रीय सदस्य समेत रहेका डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।