५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु



अ+ अ-

विराटनगर ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु भएको छ ।

विभिन्न प्लेकार्डसहित आन्तरिक राजस्व कार्यालय विराटनगरबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रममा गरी पुनः कार्यालयमा सभामा परिणत भयो ।

सभामा कर प्रणाली चुस्तदुरुस्त हुनुपर्ने र करदातालाई सरकारले सहजीकरण गर्नुपर्ने वक्ताहरुले जोड दिनुभयो । उद्योग र व्यापारविना करमा बढोत्तरी हुन नसक्ने भएकाले सरकारले उद्योग र व्यापारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उहाँहरुको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सरकारले कर प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले करविना राष्ट्रको निर्माण हुन नसक्ने भएकाले यसमा सबैले इमान्दार भएर प्रत्यन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख भूपालराज शाक्यले कर सङ्कलनमा निराशाको स्थिति नरहेको प्रष्ट पार्दै यसमा अझै मेहिनत गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले जनताको उपभोग्य क्षमता घटेको र उत्पादन बढ्न नसकेकाले कर असुलीमा केही समस्या देखिए यसलाई निराकरण सबैले आफ्ना तहबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, कर अधिकृत गजाधर खतिवडा, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख तोपनाथ उप्रेती, प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल लगायतले बोल्नुभएको थियो ।रासस