१ मंसिर २०८१, शनिबार
,
Latest
विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइते माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’ भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आणविक वार्ताका लागि तयार छौँः इरान



अ+ अ-

एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अन्य पक्षहरू आणविक वार्ताका लागि तयार भए आफूहरु पनि परमाणु वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।

इरानको परराष्ट्र मन्त्रालयले इरानको राजधानी तेहरानको भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीसँगको भेटपछि उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

अराघचीले ग्रोसीसँगको आफ्नो वार्तालाई राम्रो र रचनात्मक भनेर वर्णन गर्नुभयो । दुई पक्षले इरान, एजेन्सी र अन्य पक्षहरू बीचको आणविक मुद्दा सम्बन्धी तनाव कम गर्न नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गर्नुभयो ।

ग्रोसीसँगको बैठकपछि इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले तेहरानले देश विरुद्ध आईएईए बोर्ड अफ गभर्नरले जारी गरेको कुनैपनि प्रश्तावलाई तत्काल जवाफ दिने चेतावनी दिनुभयो ।

एक संयुक्त पत्रकार सम्मेलनमा इस्लामीले इरानलाई दबाबबाट प्रभावित नहुने र आफ्नो राष्ट्रिय हितको ढाँचामा आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउने बताउनु भयो । इरानी आणविक प्रमुखले आईएईएसँग अन्तरक्रिया कायम राख्ने इच्छा पनि व्यक्त गर्नुभयो ।

आफ्नो पक्षको लागि ग्रोसीले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्नु नहुनेमा जोड दिनुभयो ।

इजरायलले इरानका आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कीको बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले आणविक प्रतिष्ठानहरू कुनैपनि आक्रमणको अधीनमा हुन नहुने कुरामा जोड दिनुभयो ।