२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष



अ+ अ-

काठमाडौं । कार्तिक ११ मा काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भएको थियो । आपराधिक पृष्ठभूमिका व्यक्तिहरु प्रयोग गरेर उनीमाथि रड प्रहार गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि चार जनाको समूहले मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो । आक्रमण गर्ने समूहका ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान गरिरहेको छ ।

आक्रमणमा तामाङका साथै अजय लामा, निश्चल सुनार र दीपक बरामु संलग्न रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यी तिनै जना भने अहिलेसम्म फरार छन् । अजय लामाले आक्रमण गर्न भनेपछि आफूले आक्रमण गरेको शैलेन्द्र तामाङले प्रहरी समक्ष बताएका छन् ।

हिरासतमा रहेका तामाङ र अजय लामा यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताए । आक्रमण गर्नेहरुको पृष्ठभूमि पनि आपराधिक भएकाले योजनाबद्ध रुपमा कोहीमार्फत परिचालन भएको हुनसक्ने उनले बताए । यद्यपी, प्रहरीले आक्रमणको एकिन कारण भने अहिलेसम्म खुलाउन सकेको छैन ।