२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात हुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालको बिजुली आजदेखि बंगलादेशमा निर्यात हुने भएको छ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएसँगै नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो ।

शुक्रबार मध्याह्न १२:४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए । उनले भने, ‘भोलिबाट नेपालको बिजुली बंगलादेश निर्यात हुने छ । भोलि १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात गर्ने छौं।’

१७ असोजमा नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।