३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीनिकट राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ ।

महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा बाढीपीडितालाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीपति कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर काम गरेको उल्लेख बताउनुभयो ।

पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढीपहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभयो ।

सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासङ्घ र सङ्गठनका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।