२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीनिकट राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ ।

महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा बाढीपीडितालाई सहयोग गरेकामा सङ्गठनका पदाधकारीपति कृतज्ञता ज्ञापन गर्दै अध्यक्ष दाहालले जनताका समस्या समाधानका निम्ति आफ्नो पार्टीले सधैँ अग्रमोर्चामा रहेर काम गरेको उल्लेख बताउनुभयो ।

पुनःस्थापनाका कामले अझै गति नलिएकामा चिन्ता व्यक्त गर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडित तथा हालैको बाढीपहिरोबाट पीडित भएकालाई समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभयो ।

सहायता रकम प्रदान गर्न महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासङ्घ र सङ्गठनका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।