२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

प्रवासमा नेपाल चिनाउने महत्वपूर्ण थलो सिड्नी

प्रवासमा नेपाल चिनाउने महत्वपूर्ण थलो  सिड्नी
अ अ+ अ-

सिड्नी: आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीकै मुटु डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ।

नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्‍भाव एकता र भाइचार बढाउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।करिब पचास हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट तिब्र पारिएको थियो।

नेपाल र नेपाली परम्परा, संस्कृति, भेषभुसा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान अन्ततः फलदायी हुँदै आएको छ। यो फेस्टिवल एउटा देश चिनाउने अवसर पनि हो। यसले नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम गर्नुको साथै बहुसांस्कृतिक समुदायलाई पनि नेपाली समाजसँग चिरपरिचत गराउन मद्दत गर्ने संयोजक कुँवरले बताए।

‘यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात यहाँ जन्मेका नेपाली बाबु नानीहरूलाई नेपाल के हो भनेर चिनाउने र एकदिन भए पनि नेपाली पोशाकमा सजिएर नेपाली झण्डा बोक्दै ‘म नेपाली हो’ भनेर चिन्ने मौका पाउँछन्’, उनले भने।

अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसरसमेत रहेको उनले बताए। ‘अजि फेडेरेबलदेखि स्टेट पोलिटिसियनका विभिन्न तहका व्यक्तिलाई हाम्रो समुदायको क्षमता देखाउने फोरमसमेत हो’, उनले भने, ‘महोत्सवमा स्थानीय अजीहरू आएर नेपालको अवलोकन गर्ने र अझै नेपालप्रति जान्ने उत्सुकता जनाउनेछन्।’

तत्कालीन समयमा एनआरएनलाई कम्युनिटीमा देखाउने र नेपाल फेस्टिभलमार्फत हाम्रो समुदायलाई यहाँको मेन स्ट्रिमसँग देखाउने हेतुले सुरू भएको महोत्सव यतिबेला ठूलो पर्वको रूप विस्तार भएको छ।

वर्षभर भिन्न झुन्ड र समूहमा विभाजित भई आ-आफ्‌नो लय पकड़ने हाम्रो परम्परालाई नेपाल फेस्टीभलले भने एउटै छाता मुनी बाँध्ने काम गरेको छ। प्रवासमा पनि परिस्थितिले बाँधिएका नेपालीलाई मुलुकको माटोको सुगन्धले तान्ने भेलाका रूपमा यो महोत्सवलाई लिनुपर्छ।

यसपालिको महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल छन्। त्यसैगरि सँगैको चाइनिज गाडर्नेनमा थप ३५ वटा स्टलमा नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, टिपिकल नेपाली खाना (ढिडो, गुन्द्रुक, मःमः सेलरोटीलगायत अन्य नेपाली खाना), नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिनेछ। यसपालि बागमती हस्तकलाले विशेष ह्याण्डीक्राफ्ट प्रदर्शनीसमेत हुनेछ।

‘नेपालमा हुने सबै जात्रा र पर्वलाई एकै ठाउँमा हेर्न पाइने गरी नेपाल हाउसको परिकल्पना गरिएको हो। नेपाल हाउस भित्र अस्ट्रेलियामा हुर्केको नयाँ पुस्ता मात्र होइन, नेपालमा कक्षा १२ सकेर आएका कतिपय युवाका लागि पनि नौलो हुने सामग्री प्रदर्शनीमा राखिने छ’, संयोजक कुँवरले भने, ‘नेपाल हाउसमा नेपालका महत्वपूर्ण सम्पदा पशुपति, धरहरा, लुम्बिनी, स्वयम्भूदेखि कुमारी र लाखेसम्म प्रदर्शनमा राखिनेछन्। नेपाली परम्परागत बाजादेखि विभिन्न सांस्कृतिक भेसभूषालगायतका डमीहरूको प्रदर्शनसमेत हुनेछ।’

कार्यक्रम सुरू हुनु अगाडि विशेष परेड र झाँकीमार्फत धेरै भन्दा धेरै जात जाति को मौलिक पोशाकमा बाजा गाजा सहित शान्ति पद यात्रा गरिनेछ। साथै विभिन्न भाषा, संस्कृतिका अभूतपूर्व नृत्य प्रदर्शन गरिनेछ। यसपालि नेपालबाट पशुपति शर्मा, द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुती रहनेछ। महोत्सवको लागत करिब २ लाख ५० हजार डलर अनुमान गरिएको छ।