२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपाको प्रतिनिधित्व, डा.जोशी उपाध्यक्षमा निर्वाचित



अ+ अ-

काठमाडौं । कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एशिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ। अष्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा.गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सम्मेलनले न्युजिल्याण्डका रक्षामन्त्री Judith Collins लाई अध्यक्षमा र अष्ट्रलियाको लिबरल पार्टीका नेता Josh Manuatu लाई महासचिवमा निर्वाचित गरेको छ। एशिया प्रशान्त क्षेत्रका १६ देशका विभिन्न राजनीतिक दलहरु सदस्य रहेको युनियनमा नेपालबाट राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ । तत्कालिन राप्रपा नेपाल युनियनमा अस्थायी सदस्यको रुपमा रहेको थियो, राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि युनियनको पूर्ण सदस्यको रुपमा प्रतिनिधित्व हॅुदै आएको छ।

यसअघि युनियनमा श्रीलंकाका पूर्व प्रधानमन्त्री रणिल विक्रमसिंघे अध्यक्षको रुपमा रहेका थिए । अमेरिकाको रिपब्लिकन पार्टी, भारतको भारतीय जनता पार्टी(भाजपा), अष्ट्रेलियाको लिबरल पार्टी, नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत सदस्य रहेको युनियनमा क्यानडा, बंगलादेश, चिली, एल साल्भाडोर, ईण्डोनेसिया, जापान, न्युजिल्याण्ड, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, पपुवान्युगिनी, फिजी, आर्मेनिया र ताइवानका विभिन्न कन्जरभेटिभ दलहरु सदस्य रहेका छन् ।

कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एपिडियुको नेतृत्व तहमा राप्रपा पुग्नु महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभएको छ। नवनिर्वाचित उपाध्यक्ष डा.गीताभक्त जोशीलाई पार्टी कार्यालयमा सम्मान गरिएको छ। अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय रुपमा पार्टीले प्राप्त गरेको सफलताप्रति प्रसन्नता व्यक्त गर्नुहॅुदै डा.जोशीलाई सम्मान गर्नुभएको छ।