२९ कार्तिक २०८१, बिहीबार
,
Latest
देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छः भौतिकमन्त्री दाहाल सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएनः मन्त्री गुरुङ निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री मुस्ताङको स्याउ: बढ्दो माग, पुरयाउन धौधौ आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयका संगठनहरुको आरोपः जनकपुर उपमहानगरपालिकाले गरेको छात्रवृत्ति सम्झौता षड्यन्त्रपूर्ण



अ+ अ-

काठमाडौँ । निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धि सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन् ।

निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पार्टीको भ्रातृ संगठनको दबाबमा आइ छात्रवृत्ति सम्बन्धि उपमहानगरले गरेको निर्णयबाट षड्यन्त्रको गन्ध आइरहेको आरोप लगाए । हिसानका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेविसंघ बीच भएको सम्झौता आफूहरुलाई मान्य नरहेको बताउनु भयो ।

आफूहरु उपमहानगरको निर्णय मान्न तयार हुँदाहुँदै पनि उपमहानगरले आफूहरुसँग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कक्षा ११ र १२ का विद्यार्थीहरु छात्रवृत्ति सम्बन्धमा शैक्षिक सत्र २०८१/०८२ मा उपमहानगरसंग छलफल गरेरै २०७४ को ऐनअनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१/०५/१४ गते उपमहानगरपालिकाले नामावलीसहित पत्राचार गरेको र सोही अनुसार गर्दै आएपनि नेपाल विद्यार्थी संघ धनुषाको दवाबमा पुनः मिति २०८१/०७/१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय हो ।’

ठाकुरले नेविसंघले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान जनकपुरधामबाहेकका शहरमा किन नचलाइएको भन्दै प्रश्न गर्नुभयो ।
मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले छात्रवृत्ति वितरण कार्यविधि, २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको बताउनु भयो । उहाँले उपमहानगरले सबै पक्षसँग छलफल गरेर आफ्नै कार्यविधि बनाउनुपर्ने माग समेत गर्नुभयो । उपमहानगरले सबै पक्षसँग छलफल गरी बनाएको कार्यविधिलाई टेकेर अगाडी बढ्न हामी तयार रहेको उहाँको भनाई थियो । तर जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धाराशायी बनाउने गरी गरिएको निर्णय आफूहरु मान्न तयार नरहेको उहाँको भनाई थियो । एनप्याब्सन जनकपुर उपमहानगरपालिकाका इकाईका अध्यक्ष दीपककुमार ठाकुरले समयमा आफूहरुका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

यता निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णयअनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजी विद्यालयहरु अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी समेत दिएका छन् । निजी विद्यालयका संगठनहरुले पुरानै निर्णयअनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजी विद्यालयहरुमा पठनपाठन अनिश्चिकालकालागि ठप्प पार्ने चेतावनी दिएको हो ।