२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिग रोक्न सर्वोच्चमा रिट निवेदन दर्ता



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

एनपिएल आफ्नो नाममा दर्ता भएको भन्दै जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन् । उक्त रिटको न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ।

नेपाल क्रिकेट संघले १० वर्षका लागि एनपिएल सम्वन्धी सम्पूर्ण सर्वाधिकार आफूलाई दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने आमीर अख्तरको भनाई छ । उनले क्यानले जानकारी नै नदिई अन्य कुनै कम्पनीलाई दिएको र भनेकै आधारमा सञ्चालन गर्न नमिल्ने जिकिर गरे ।

पूर्वक्रिकेटर समेत रहेका आमिर अख्तरले यसअघि पनि आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई चेतावनी दिएका थिए ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । एनपीएलमा कर्णाली याक, विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी छन् ।