२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै



अ+ अ-

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज पुन: कास्की जिल्ला अदालत लगिँदै छ ।

प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अदालतबाट लिएको समय हिजो सकिएकाले आज पुन: म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद हिजो सकिएको हो ।

यही कात्तिक १५ गतेदेखि लागू हुने गरी गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।