२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार स्पोर्ट्समा एनपीएलको प्रसारण गराउन पहल



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ ।

क्यान स्रोतका अनुसार एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको छ । ब्रोडकास्टिङको लागि अन्तिम चरणको कुराकानी भइरहेको स्रोतले जनायो ।

ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि एनपीएलको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्ससँग छलफल भईरहेको जनाएका छन् । उनले स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको र छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्ने जनाएका छन् ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग  एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । एनपीएलमा कर्णाली याक, विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी छन् ।