२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतलाई लिएर सलमानलाई धम्की !



अ+ अ-

एजेन्सी । अहिले बलिउड अभिनेता सलमान खानलाई एउटा गीतलाई लिएर धम्की दिइएको छ । यो धम्की बिहीबार राति एक सन्देश मार्फत मुम्बई पुलिस कन्ट्रोल रुममा पठाइएको थियो ।

रिपोर्टका अनुसार ७ नोभेम्बरमा कन्ट्रोल रुममा म्यासेज आयो । सन्देश पठाउने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा चिनाएको थियो ।

उनले धम्कीमा एउटा गीत उल्लेख गरेका छन्, जसमा सलमान खान र लरेन्सको नाम जोडिएको छ ।

धम्कीमा लेखिएको छ – ‘लेखकले अब गीत लेख्न सक्नेछैनन् । एक महिनाभित्र कारबाही हुन्छ । सलमानमा हिम्मत छ भने बचाउ ।’

पछिल्लो एक हप्तामा सलमान खानलाई तेस्रो पटक धम्की आएको हो । मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।