२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचन अघि पदाधिकारी बैठक बोलाएको छ ।

उपनिर्वाचनको मिति नजिकिएकाले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको सचिव दिनानाथ शर्माले बताए । बैठक शुक्रबार बिहान ११ बजे पेरिसडाँडाम बस्ने उनले बताए ।

यसअघि बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक उपचुनावपछि मात्रै बस्ने तयारी गरिएको शर्माले बताए ।

माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ। यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बताएका छन् ।