२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरमा नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ ५६ पैसा पुग्याे



अ+ अ-

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएपछि डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३५ रुपैयाँ १६ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मकै उच्च हो ।

पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यसअनुसार बुधबार एक अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो । मंगलबार यस्तो दर १३४.८९ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंकका अनुसार ०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।

पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण डलरको भाउ अपेक्षित रूपमा बढ्न सकेको थिएन । लगानीकर्ताले निर्वाचनको नतिजा पर्खेकाले पर्ख र हेरको अवस्थामा थिए । बुधबारसम्म अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला हृयारिसमाथि विजय प्राप्त गरिसकेका छन् ।

यो नतिजापछि लगानीकर्ताको आकर्षण डलरमा बढेको बताइएको छ । ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुन: रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । अब उनी फेरी राष्ट्रपति भएपछि घोषणापत्रमा उल्लेख गरेअनुसार डलरलाई रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने अनुमानका आधारमा लगानीकर्ताको डलरप्रति आकर्षित बढेको जानकारहरू बताउँछन् ।