२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति चुनावको नतिजाको बीचमा ट्रम्पको पहिलो सम्बोधनः अमेरिकामा स्वर्ण युग ल्याइनेछ



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । जितपछि उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

यस क्रममा उनले अमेरिकी जनतालाई धन्यवाद दिए । उनले यो जित अविश्वसनीय र ऐतिहासिक भएको बताए ।

ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै यी क्षणहरूले यो देशलाई फेरि बलियो बनाउन मद्दत गर्ने बताएका छन् । फ्लोरिडाको वेस्ट पाम बीच कन्भेन्सन सेन्टरमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘म हरेक दिन तपाईहरुको लागि लड्नेछु र अमेरिकामा स्वर्ण युग ल्याउनेछु । हामी अमेरिकाको भलाइका लागि काम गर्नेछौं ।’

ट्रम्पले फ्लोरिडामा समर्थकहरुलाई भने, ‘म तपाईहरुको ४७ औं राष्ट्रपति हुँ । यस्तो राजनीतिक जित यसअघि कहिल्यै देखिएको थिएन । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै यसलाई अमेरिकी जनताको ठूलो जित भनेका छन् ।’

ट्रम्पले भने, ‘हामी आफ्नो देशलाई ठीक गर्न, हाम्रो सिमाना सुरक्षित गर्न काम गर्नेछौं । आज हामीले इतिहास रच्यौं । हामीले सबैभन्दा अविश्वसनीय राजनीतिक जित हासिल गरेका छौं । म अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु । म तपाई र तपाईको परिवारको लागि मेरो हरेक समय लड्नेछु ।’

ट्रम्पले भने, ‘यो यस्तो आन्दोलन हो जुन यसअघि कसैले देखेको थिएन । इमानदारीपूर्वक भन्नुपर्दा, मलाई विश्वास छ कि यो अहिलेसम्मको सबैभन्दा ठूलो राजनीतिक आन्दोलन थियो । यो देशमा र सायद यसभन्दा बाहिर यस्तो कहिल्यै भएको छैन । अब यो नयाँ स्तरमा पुग्न गइरहेको छ, किनकि हामी हाम्रो देशलाई ठिक पार्न मद्दत गर्नेछौं । हामीसँग एउटा देश छ जसलाई मद्दत चाहिन्छ । यो ऐतिहासिक छ । यसको एउटै कारण हो कि हामीले कसैले सोचेको पनि थिएनन् भन्ने बाधाहरू पार गर्यौं ।’

ट्रम्पले आफ्नो परिवारलाई धन्यवाद दिएका छन् । उनले चुनावमा आफ्नो पक्षमा काम गर्नेहरुको मिहिनेत पनि उल्लेख गरे । यसैबीच उनले अर्बपति व्यापारी एलोन मस्कको पनि उल्लेख गरेका छन् । ट्रम्पले भने कि उनी एलोन मस्कलाई स्नेह गर्ने र उनको समर्थनको लागि कृतज्ञता व्यक्त गरेका छन् । ट्रम्पले मस्कको सञ्चार प्रणाली स्टारलिंकको उल्लेख गरे र उत्तरी क्यारोलिनामा बाढी प्रभावित मानिसहरूलाई मद्दत गर्ने बारे एउटा किस्सा सुनाए । नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीले मस्ककै कारण जित हासिल गरेको ट्रम्पले बताएका छन् ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्नो वाचा दोहोर्‍याए । उनले भने, ‘तिमीले राम्रो काम पाउनेछौ । अवैध आप्रवासन रोकिनेछ । हामी कर घटाउने छौं, किनकि हामीसँग जे छ त्यो चीनसँग पनि छैन । यो क्षण हो जब अमेरिकीहरूले फेरि आफ्नो देशको नियन्त्रण लिनेछन् ।’