२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

हिउँदमा कोरोनाको प्रकोपले कस्तो रुप लेला ? के भन्छन विज्ञहरु

हिउँदमा कोरोनाको प्रकोपले कस्तो रुप लेला ? के भन्छन विज्ञहरु
अ अ+ अ-

काठमाडौं । हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्। त्यसो त, यो मौसमी उपक्रमले भाइरस संक्रमणको जोखिम बढ्छ नै भनेर ठोकुवा गर्न नमिल्ने तर्क पनि अन्यको छ।

अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन्।

‘अमेरिकामा हिउँदयामको शुरुवातसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। यो अत्यन्त ठूलो समस्या र चूनौती हो,’ उनले अमेरिकी टेलिभिजन सीएनबीसीसँगको एक अन्तर्वार्तामा हालै भनेका छन्।

अन्य अध्ययनका नतिजाले पनि डा फाउसीको चिन्तालाई थप प्रमाण दिएका छन्। गत साता विश्व प्रशिद्ध जर्नल नेचरको अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९को महामारी डरलाग्दो हुदैछ’ भन्ने शिर्षकमा प्रकाशित लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वास संम्बन्धी रोगका कारक भाइरसका संक्रमण हिउँदमा बढ्ने र गर्मीयाममा घट्ने भन्नेबारे उल्लेख गरिएको छ।

अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा। एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन्।

कोभिड–१९ मौसमी भाइरस होला या नहोला भन्नेमा अनुसन्धानकर्ताले तत्काल यकिन गर्न नसकिने बताए पनि बिभिन्न प्रमाणहरुले मौसमका कारण हिउँदमा महामारीको जोखिम बढ्ने चेतावनी दिएका छन्। नेचरको सो आलेखमा भाइरसका बारेमा हालसम्म उपलव्ध जानकारी र हिउँदयाममा मानिसहरुले देखाउने आनीबानीका कारण सो जोखिम बढ्नसक्ने देखिएको हो। जाडोयाममा यथेष्ट भेन्टिलेसन नभएका घरभित्रै मानिसको जमघट र अन्तर्क्रिया हुँदा संक्रमणको जोखिम बढने तर्क सो आलेखमा गरिएको छ।

अधिकांस राष्ट्रले लकडाउन शुरु नगर्दै महामारीका शुरुका चार महिनामा गरिएको तथा गत अक्टुबर १३ मा प्रकाशित एक अनुसन्धानले सूर्यको अल्ट्राभाइलेट प्रकाश कम भएका स्थानमा संक्रमण तीव्र रुपमा बढेको र गर्मीमा अन्य कुनै उपाय नअपनाउँदा पनि यो तीव्रतामा ह्रास आउने देखाएको थियो।

‘जाडोमा जोखिम बढ्छ तर यसलाई रोक्न व्यक्तिगत आनीबानीमा परिवर्तन आवश्यक छ,’ नेचरको सो आलेखका सहलेखक समेत रहेका कनेक्टिकट विश्वविद्यालयका इकोलोजिष्ट कोरी मेरोले भनेका छन्।

यसैगरी गत जूनमा जर्नल अफ मेडिकल भाइरोलीमा प्रकाशित एक लेखमा महामारीको बेला कोभिड–१९ र इन्फ्लुयन्जाको सह९संक्रमण सामान्य घटना जस्तो बनेको उल्लेख गरिएको छ। कोभिड–१९ र इन्फ्लुयन्जा–बी रोगको सह–संक्रमणका कारण रोग निको हुने सम्भावना कम पाइएको थियो।

महामारी शुरु भएको वुहानको टोङजी अस्पतालमा गरिएको एक अर्को अध्ययनले कोभिड–१९ का अधिकांस बिरामी इन्फ्लुयन्जाबाट पनि संक्रमित रहेको पाइएको थियो।

त्रिभुवन विश्वविद्यालयका शुक्ष्मजिवविज्ञान बिषयका प्राध्यापक प्रकाश घिमिरे जाडो याम भाइरसको भाइरस वृद्धि र विस्तारका लागि अनुकुल भएको तर्क गर्छन्।

ईन्फ्लुयन्जाको मृत्युदर सरदरमा ५ प्रतिशत र कोरोना भाइरसको मृत्युदर १ देखि ३ प्रतिशत रहेको बर्तमान अवस्थामा यी दुवै रोगको दोहोरो मार पर्दा जोखिम झन् बढ्न जाने उनी बताउँछन्।

नेपालको सन्दर्भमा पनि हिउँद याम र कोरोना भाइरसको अन्त्रसम्वन्ध बारेमा यकिन अनुमान नभएपनि सरुवारोग विशेषज्ञहरु सो संभावना रहेको बताउँछन्।

‘कोभिड–१९ शुरुमा गत डिसेम्वरमा छिमेकी मुलुक चीनमा देखिएकाले स्वभाविक रुपमा यो भाइरसका लागि हिउँद याम अनुकुल छ र यो मौसममा भाइरसको संक्रमण बढ्न सक्छ, ’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोगका चिकित्सक तथा सरुवारोग विज्ञ डा। शेर बहादुर पुन भन्छन्।

तर अन्यत्र देशमा भएका अध्ययनका नतिजा हुवहु नेपालमा लागु नहुने तर्क उनको छ। वातानुकुलित घर तथा कार्यालय पश्चिमा देशमा आम विषय हो भने नेपालमा अझै पनि यो लक्जरी मानिन्छ। अधिकांस नेपालीहरु जाडो याममा बाहिरै बिताउँछन भने अधिकांस पश्चिमाहरु घरभित्रै खुम्चिएका हुन्छन्।

आनीबानीमा परिवर्तन आवश्यक
हिउँदमा महामारी विस्तारको सम्भावनालाई न्यून गर्न आनीबानीमा परिवर्तन आवश्यक रहेको तर्क विज्ञको छ। जाडो छल्न समूहगत रुपमा आगो ताप्ने तथा हिटरका वरपर बस्ने हाम्रो आम आनीबानीमा सुधार गर्न आवश्यक छ।

‘यसपटक घर भित्र भिड गरेर आगो होइन, बाहिर घाम ताप्नुहोस्, ’ प्राध्यापक प्रकाश घिमिरे भन्छन्। यसैगरी जाडोले गर्दा नियमित हात धुन हेलचक्रराई गरेमा पनि संक्रमणको जोखिम बढ्ने देखिन्छ।

त्यसो त, जाडो याम निश्चित रोगका रोगीहरुका लागि र न्यानो कपडाको अभावमा आर्थिक रुपमा विपन्नका लागि प्रतिकुल हुन्छ। श्वासप्रश्वास तथा मुटुका दिर्घ रोगीलाई यो मौसम रुचीकर होइन। त्यसमा पनि जाडो मौसमका बेला गरिने सामाजिक आइसोलेसनले झन बढी उदासी, चिन्ता र नरमाइलो भावना बढाउन सक्ने देखिएको छ। अर्को तर्फ संक्रमितका लागि निर्माण गरिएको आइसोलेसन केन्द्र र संक्रमितको सम्पर्कमा आएका लागि राखिने क्वारेन्टिनमा यथेष्ट न्यानो वातावरण र तापक्रम नहुँदा समस्या झन् बल्झने देखिन्छ।

‘यी सुविधामा जाडो याममा असुविधा हुँदा संक्रमितले झन ठूलो जोखिम बेहोर्न पर्ने देखिन्छ,’ डा। पुन थप्छन्।

तर कतिपय विज्ञ चिसो मौसममा कोरोनाको प्रभाव बढ्नेमा अझै यकिन भैनसकेको दावी गर्छन्। तापक्रममा हुने परिवर्तनले कोरोना भाइरसलाई पार्ने प्रभावका बारेमा यसै भन्न नसकिने तर्क विश्व स्वास्थ संगठनका कार्यकारी निर्देशक डा। माइकल र्याएनको छ।

‘यो भाइरस मौसमसँगै परिवर्तन हुने प्रष्ट प्रमाण देखाएको छैन,’, गत अगष्टको १० तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा। र्याएनले भनेका थिए।

यसैगरी अर्कोतिर हिउँद याममा वायु प्रदुषण बढ्ने र यसले कोभिड–१९ को मृत्युदर पनि बढाउने बिभिन्न अध्ययनले देखाएका छन्। अमेरिकाका हार्भड विश्वविद्यालयले गरेको एक अध्ययनले वायुका अत्यन्त सुक्ष्म कणहरु अर्थात पीएम २।५ एक माइक्रोग्रामले बढ्दा कोभिड–१९को मृत्युदर ८ प्रतिशतले बढ्ने देखाएको छ। बेलायतको क्याम्ब्रिज विश्व विद्यालयले गरेको एक अर्को अध्ययनले पनि वायु प्रदुषणले कोभिड–१९ का बिरामीलाई गम्भिर असर पार्ने देखाएको थियो।

गत साता सार्वजनिक भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ रिपार्टले नेपालमा सन् २०१९ मा कुल ४२ हजार एक सय जनाको वायु प्रदुषणका कारण मृत्यु भएको अनुमान गरेको छ।, नागरिक दैनिकबाट