८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो



अ+ अ-

बरहथवा । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।

बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान दुर्घटना हुँदा कारचालकसहित दुई जना ईश्वरपुर–२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सवार महोत्तरीकै सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

कारमा सवार अर्का महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर सकुसल पोखरीबाट बाहिर निस्कन सफल भएका थिए ।

सशस्त्र प्रहरी बलको टोली र इलाका प्रहरी कार्यालय केश्वरगञ्जबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा बेपत्ताको खोजी तथा उद्धार गरेको थियो ।

सो टोलीले बेपत्ता फेला नपरेपछि बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली मगाएर खोजी गरिएको थियो ।

गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।