२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका १०० जोडी सामूहिक विवाहमा सहभागी



अ+ अ-

एजेन्सी । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा शुक्रबार आयोजित सामूहिक विवाह समारोहमा करिब १०० जोडी विवाह बन्धनमा बाँधिएका प्रान्तीय सूचना तथा संस्कृति विभागले शनिबार जानकारी गराएको छ ।

उक्त समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए र प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण प्राप्त गरेका थिए ।

बेरोजगारी, आर्थिक सङ्कट, ठूला ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा अक्सर युवाहरू गरिब देशमा आफ्नो विवाह समारोह आयोजना गर्न वर्षौं पर्खन बाध्य हुन्छन् ।

अफगानिस्तानको तालिवान सरकारले मानिसहरूलाई अतार्किक विवाह प्रथाहरू रोक्न र विवाह समारोहमा पैसा बर्बाद नगर्न आह्वान गरेको छ ।