२१ कार्तिक २०८१, बुधबार
,
Latest
राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर ट्रम्प विजयबाट मात्र ४० सिट टाढाः पछिल्लो १० राज्यमा मतगणना जारी भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम कार्तिक आर्यनले भने– म सिंगल छु अमेरिकामा राष्ट्रपति चुनावः ५० मध्ये ४० राज्यको नतिजामा ट्रम्प अगाडी, बहुमतबाट ४० सिट टाढा भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने तिहारमा ५० करोड बराबरको फूलको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगोपालेश्वर मन्दिरमा भाइटीका-फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आईतबार बिहानैदेखि टिका लगाउनेहरुको चहलपलह बढेको छ ।

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुन: निर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।