२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मायावी’ जंगलको रहस्य, जहाँ मानिसहरु आत्महत्या गर्न जान्छन्



अ+ अ-

एजेन्सी । विश्वकै सबैभन्दा चर्चित आत्महत्या गर्ने ठाउँ (सुसाइड पोइन्ट) मध्ये एक जापानको ओकिगहरा नामको जंगल निकै रहस्यमय छ ।

३५ स्क्वायर किलोमिटरको ठूलो क्षेत्रमा फैलिएको यो जंगल जापानको राजधानी टोक्योबाट मात्रै २ घण्टाको दुरीमा अवस्थित छ ।

यो भयानक जंगलमा २०१३ देखि २०१५ सम्म १०० भन्दा बढी आत्महत्याको घटना घटेको थियो । सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिजपछि यो विश्वमै सबैभन्दा धेरै आत्महत्या गरिने ठाउँ बनेको छ । जसलाई ‘सुसाइड फरेस्ट’ पनि भन्ने गरिन्छ ।

यो रहस्यमयी जंगलमा मायावी शक्तिहरु रहेको र यहाँ भूत बस्ने गर्दछन् जसले मानिसलाई आत्महत्या गराउन बाध्य बनाउँछन् भन्ने जनविश्वास छ । यहाँ पुगेपछि कम्पास र मोबाइलले काम गर्न छाड्ने बताइन्छ ।

जसकारण यो ओकिगहरा जंगलमा एक पटक हराएपछि भेटिन मुश्किल पर्छ ।