४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
अ+ अ-

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।  रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो ।

यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले जानकारी दिनुभयो ।

डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो । बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो ।

उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको छ । भट्टले भन्नुभयो, “वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणामसमेत घोषणा गर्नेगरी तयारी भइरहेको छ ।”

सुदूरपश्चिम प्रदेशसहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।

यसैबीच रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसले केशवराज पन्तलाई प्रत्यासी बनाउने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका–२ को वडासदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्यासी बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय सो पार्टीले गरेको छ । रिक्त भीमदत्त–६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी–६मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय पार्टीले गरिसकेको अन्य ठाउँको उपनिर्वाचनका प्रत्यासीको निर्णय हुन बाँकी रहेको रावतले जानकारी दिनुभयो ।

भीमदत्त–६ मा नेकपा (एमाले)ले बहादुर चन्दलाई अध्यक्षको प्रत्यासी बनाउन लागेको छ । नेकपा (एमाले) प्रदेश कमिटी सचिव रणबहादुर चन्दले गापा उपाध्यक्ष, जिल्ला समन्वय समिति संयोजक पदमा कसलाई प्रत्यासी बनाउने भन्नेबारेमा प्रदेश कमिटीले आज निर्णय गर्न लागेको बताउनुभयो । अन्य दलले पनि उपनिर्वाचनमा उठाउने प्रत्यासीका बारेमा निर्णय गर्न बाँकी रहेको बताइएको छ ।ारासस