४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

तिहारमा पटका पट्काउँदा प्रदूषण

तिहारमा पटका पट्काउँदा प्रदूषण
अ+ अ-

काठमाडौँ । वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् ।

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताउनुभयो । “दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन् । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पु¥याउन सक्छ ।”

जलवायु परिवर्तनविद् मञ्जित ढकालले पटका पटकाउँदा निस्कने आवाजले ध्वनि र धुवाँले वायु प्रदूषण बढ्ने भएकाले बढी सतर्कता अपनाउनाका साथै सरोकार भएका निकायले पटका पट्काउन नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

“पछिल्लो समय नेपालमा पटका पट्काउने दर केही कम भएको छ । दीपावलीमा भारतमा बढी पटका पट्काउँदा वायु प्रदूषण हुने भन्दै भारत सरकारले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “प्रदूषण रोक्नका लागि पटका पट्काउन पनि नियन्त्रण गर्न आवश्यक छ ।”

जलवायु परिवर्तनविद् ढकालले पटकामा हानिकारक रसायनहरू हुने भएकाले माटो र पानी प्रदूषित बनाउने, वातावरणको सन्तुलन बिगार्ने भन्दै पर्यावरणमैत्री दियो बालेर शान्त रूपमा पर्व मनाउन सकिने बताउनुभयो ।

पटकाबाट निस्कने विषाक्ता धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

पट्का पट्काउँदा निस्कने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने, उच्च रक्तचापको जोखिम बढाउने, कानमा स्थायी क्षति पु¥याउन सक्ने भएका सावधानी अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका हुन् ।

‘एयर क्वालिटी इन्डेक्स’ ले भारतको डिल्लीमा दीपावलीको कारण प्रदूषण बढेको जनाएको छ । आज दिउँसोसम्मको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ८४ रहेको छ । अहिले डिल्ली विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत छ ।

भन्सार विभागका प्रवक्ता मुक्तिप्रसाद श्रेष्ठले नेपाल–भारत खुला सिमाना रहेकाले भन्सार छलेर गैरकानुनी रुपमा पटका नेपालमा ल्याउने गरिएको बताउनुभयो । चाडपर्वमा भारततर्फबाट सामान किनमेल गर्ने बढी हुने भएकाले पनि सिमाना गैरकानुनी रुपमा पटका नेपालमा भित्रिने गरेको उहाँको भनाइ छ ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विस्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था गरेको छ । उक्त व्यवस्थामा भनिएको छ, “कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देज विपरीत हुनेगरी कुनै पनि किसिमका विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।”

विस्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ को उपदफा २ को (क) मा कडा विस्फोटक पदार्थ भए १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । सोही उपदफाको (ख) मा नरम विस्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म र (ग) मा सामान्य विस्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।