५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा फूलको झिलिमिली, सडकदेखि मलसम्म मालैमाला (फोटो फिचर)



अ+ अ-

काठमाडौं । तिहारमा सयपत्री र मखमली मालाले बजार सुसज्जित भएको छ । काठमाडौं उपत्यकामा मालाको माग र खपत धेरै हुँदा तिहारलक्षित माला तथा फूल धमाधम बाहिरि जिल्लाबाट पनि भित्रिरहेको छ ।

लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । आज लक्ष्मीपूजा परेकाले सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् । फूल र माला किन्न बिहानैदेखि मानिसहरुको चहलपहल देखिन्छ ।

किसानले उपत्यकाका मुख्य मुख्य बजारमा विभिन्न जिल्लामा उत्पादन गरेका फूलमाला ल्याएर बेच्न थालेका हुन् ।

यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको छ । बजारमा सयपत्री माला एक सयदेखि १५० रुपियाँ र मखमली मालाको मूल्य ५० देखि ६० रुपियाँमा बिक्री हुने गरेको छ । यपपालि तिहारमा सयपत्री माला ४० लाख, चार लाख ७५ हजार मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान छ ।

तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ । वार्षिक रूपमा फूलको माग १० देखि १५ प्रतिशतले बढ्दै गए पनि स्वदेशी उत्पादनमा आत्मनिर्भर भएकाले आयात गर्नुपर्ने अवस्था छैन । सरकारले गत वर्षदेखि फूलको आयातमा प्रतिबन्ध लगाएकाले फूलको आयात भएको छैन ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।