२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिप फाइनलको प्रत्यक्ष प्रशारण देखाउने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल प्रत्यक्ष प्रशारण एलइडी स्क्रिनबाट देखाउने भएको छ ।

महानगरले नेपाली महिला टोलिलाई हौसला प्रदान गर्दै टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको हो ।

खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन रहेको भन्दै महानगरले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि सो स्थानमा खेल हेर्ने प्रवन्ध मिलाएको जनाएको छ ।

साथै, महानगरले खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध समेत गरेको छ ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज साँझ साढे ६ बजे नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।