४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः फाइनलको टिकट बुधबार खुला गरिने, अनलाइन बुकिङ रद्द



अ+ अ-

काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान टिकट विक्री खुला गरिने भएको छ ।

टिकट बुधबार विहान ८ बजेबाट जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

अधिकतम १० हजार टिकट विक्री गरिने एन्फाले जनाएको छ । एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् ।

फाईनलको लागि अनलाइन टिकट बन्द गरिएको छ । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैले टिकट विक्री गर्न लागेको हो ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल भोलि साँझ ६ः३० बजे हुँदै छ ।