२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति



अ+ अ-

बनियानी, (झापा) । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।

“बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ”, उहाँले भन्नुभयो, “सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो ।

जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’ रोग देखिएको हो । जिल्लामा लगाइएको अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने हुने प्रमुख विष्टले बताउनुभयो । रासस