१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान



oplus_0
अ+ अ-

काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा छिट्टै सञ्चालनमा ल्याउने जनाएको छ । आज आयोजित एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशालामा प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रूइतले नेपालमा यसको सम्भावना राम्रो रहेको र छिट्टै नै विभिन्न सुविधासहित सेवा सुरू गरिने जानकारी गराउनुभयो ।

यो सुविधा तिलगङ्गा प्रतिष्ठान तथा तिलगङ्गा सिटि आइ सेन्टर, चुच्चेपाटीमा निकट भविष्यमा सुरु हुने उहाँले बताउनुभयो । डा रूइतका अनुसार ‘एस्थेटिक अकुलोप्लाष्टि’ भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया वा अन्य उपचार पद्धतिबाट अनुहारमा सौन्दर्य ल्याउन मद्दत गर्ने भएकाले यसप्रतिको चासो जनमानसमा बढ्दो छ ।

हाल तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट निवारण भइराखेको छ । यस कार्यशालापश्चात् थप सेवा जस्तै बोटक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

कार्यशालामा एस्थेटिक अकुलोप्लाष्टिका तीन अन्तर्राष्ट्रिय विज्ञहरू फिलिपिन्सका डा इभेट सान्टियागो, मलेसियाका डा एलिस गोह र सिङ्गापुरका डा स्टेफेनीइ योङले कार्यशालामा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

फिलिपिन्सकी डा सान्टियागोले अनुभवीबाट मात्र यस्तो सेवा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“बोटक्स गर्दा भएको गल्तीले अनुहार नै बिग्रिएका पनि छन् । सकेसम्म बेलैमा छालाको ध्यान दिनु राम्रो हुन्छ ।”

कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकको सहभागिता रहेको छ ।