२१ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने छठ उत्सब: पोखरी तलाउ दुलही झै सिंगारियो-फोटो फिचर नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल यस्ताे छ छठ पर्वको सामाजिक र प्राकृतिक महत्व ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई ‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी



अ+ अ-

दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाउनुभएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उहाँले वर्षदेखि फूलखेती गर्नुभएको हो । उहाँले भन्नुभयो “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”

उहाँले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाउनुभएको थियो । उहाँले भन्नुभयो, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उहाँले गर्नुभएको छ ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताउनुभयो । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उहाँले तीन जनालाई रोजगारसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, “ तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । ” रासस