४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

 घरआँगनमै पुग्छन् फूल व्यापारी

 घरआँगनमै पुग्छन् फूल व्यापारी
अ+ अ-

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई । भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरको आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।

काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी फूल खेती हुने ठाउँको नामले चिनिने गरेको छ गुण्डु । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म पनि टिप्न चटारो छ ।

यसरी सुरु भयो, गुण्डुमा व्यावसायिक फूलखेती 

पाँच दशकअघिदेखि भक्तपुरमा व्यावसायिक रुपमा मखमलीको फूलखेती हुने ठाउँ चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला समुदाय हो । यहाँका बनमाला समुदायले मखमली फूलको खेती गर्न र तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पु¥याएर आर्थिक उपार्जन गर्दै आएका थिए । यस क्षेत्रमा अहिले पनि यो समुदायले फूलखेती गर्दै आएको छ भने उनीहरुकै सिको गर्दै अन्य समुदाय एवं जातजातिका स्थानीयवासीले पनि १० वर्षदेखि सयपत्री र मखमलीको फूलखेती गर्दै आएका छन् ।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यावसायिक रुपमा करोडौंको फूल तथा माला बिक्री गर्ने गरी यहाँ फूल खेती सुरु भएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्व।पहलमान नगरकोटीले करिब  ४० वर्षअघि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको तथ्य फेला परेको बताउनुहुन्छ गुण्डुका वडाध्यक्ष रबिन्द्र सापकोटा ।

गुण्डुमा उहाँबाट सुरु भएको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचानसमेत बनेको छ । स्व।नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमान्ले मखमलीको  खेती सुरु गरेको बताउँदै यहाँ उत्पादन भएका फूल बिक्रीका लागि गुण्डुदेखि पैदल भक्तपुर बजार जाने गरेको बताउनुहुन्छ ।

भक्तपुरदेखि काठमाडौँका पशुपति, चावहिल, असन, इन्द्रचोकलगायतका बजारमा फूल बिक्री गर्न लैजादा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तितो यथार्थ उहाँ सुनाउनुहुन्छ । त्यतिबेला बजारमा अरु व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बेचेर आएको रकमले घरको १० जनाको परिवारको खर्च टार्नु पर्ने बाध्यता रहेपछि अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको उहाँ बताउनुहुन्छ ।

गाउँका अरुका माला पनि बजार पु¥याउने स्वं नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उहाँको पत्नी देवकुमारी आफ्नो घरबाट शुरु भएको खेती अहिले गुण्डुमा मुख्य खेतीको रुपमा बिकास भएका र अहिले व्यापारी घरघरमा आएर फूल लैजाने गरेको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ ।

अहिले यहाँका बासिन्दाको अतिरिक्त आम्दानी मात्रै नभई कतिपय महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गरेर बजार विस्तार भएको छ । वडास्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्षसमेत रहेकी स्वं नगरकोटीको छोरी उर्मिला नगरकोटी यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमान्को आशामा गर्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ ।

घरखर्चका लागि ऋण समेत नपत्याउनेहरु फूलखेतीबाटै बुबाले तीन, चार लाखसम्म कमाउन थालेपछि भने ऋण पु¥याउन आउने गरेको स्मरण गर्दै उहाँले बुबाको देहान्तपछि पनि घरका १० जनाको परिवारले फूलखेती र पसलबाटै राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । फागुनमा बेर्ना राखि चैत्रमा रोपेपछि असारदेखि फूल्न थाल्छ । हप्तामा एकपटक फूल टिप्दै निरन्तर चार महिनासम्म टिप्न मिल्छ । अहिले यो ठाउँमा सयपत्री १२ महिना फुलाउने गरी खेती भइरहेको छ ।

किसानलाई नगरपालिकाको ८० प्रतिशत अनुदान 

गुण्डुमा पुष्प व्यवसाय निकै राम्रो भएपछि सूर्यविनायक नगरपालिकाले फूलखेतीको पकेट क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदानस्वरुप वितरण सुरु गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता सापकोटा बताउनुहुन्छ ।

नगरपालिकाले सानाकिसान कृषि सहकारी संस्थामार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरी १० रुपैयाँ पर्न बिरुवालाई आठ रुपैयाँ अनदान दिई वितरण गर्दै आएको बताउँदै उहाँले यसवर्ष १० लाख बराबराको ५५ हजार बेर्ना स्थानीय तीन सय ७८ परिवारलाई वितरण गरेको बताउनुहुन्छ ।

गुण्डुमा मात्रै करिब सात सय रोपनीभन्दा बढी जमिनमा व्यावसायिक फूलखृती भएको बताउँदै उहाँले भन्नुभयो, “यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो स्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि गासेर ५० देखि एकसय वटा मखमली फूलको माला झुत्तो बनाएर राखेर र बोरामा हालेर राखेर तिहार नजिकिएपछि बिक्री बढेको छ ।”

गुण्डुबाट प्रत्येक वर्ष करिब द्धार करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउँदै उहाँले यसवर्ष पनि सोही अनुपातमा फल बिक्री हुने बताउनुभयो । फूलको व्यापारमा पनि बिचौलिया हाबी भएको भन्दै उहाँले बिचौलिया रोक्नसके र पुष्प किसान एवं व्यवसायीलाई सिधै बजार पु¥याउन सके अझै आम्दानी बढ्ने उहाँ बताउनुहुन्छ ।

यसो भन्छन् स्थानीय पुष्प व्यवसायी  

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साढे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउनुहुन्छ । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताउँदै उहाँले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउनुहुन्छ । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ ।

असारदेखि मङ्सिरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । सयपत्री फूल पनि असार साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सिर पुससम्म पनि बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु १० देखि रु १५ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ । किसानले ढ्वाङ्को पाँच सयदखि सात सय रुपैयाँसम्ममा र किलोमा जाखेर बिक्री गर्दा किलोको रु एक सय ५० सम्म लिने गरेका छन् । स्थानीयभन्दा उन्नत ९हाइब्रिड० सयपत्री फूलको भने व्यापारीले बढी मूल्य तिर्ने गर्छन् ।

यस वर्ष तिहार नजिकिए पनि व्यापारी विगत वर्षको तुलनामा कम आएको भन्दै उहाँले गत वर्षभन्दा व्यापार कम भएको र विदेश निर्यात पनि यस वर्ष कम हुने देखिएको बताउनुहुन्छ । यहाँका कृषकले वर्षमा कम्तीमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै २० देखि २५ रुपैयाँमा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला रु २० देखि रु २२ मै बिक्री हुने भए पनि बजारमा लैजाँदा व्यापारीलाई रु ४० सम्ममा बिक्री गर्ने र यही माला खुद्रा बजार पु¥याउनसके रु ५० सम्म आउने पुष्प व्यवसायी बस्नेत बताउनुहुन्छ ।
घरघरमै आउँछन् फूल किन्न व्यापारी

दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज भएको छ । घरमा आउने व्यापारीलाई बजार मूल्यभन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् । गतवर्ष १५ सय माला बिक्री गरेकी स्थानीय मिना नगरकोटीले यसवर्ष एक रोपनी जग्गामा फूलखेती गरेको बताउँदै यसवर्ष पनि गाउँमै आएको व्यापारीलाई फूल माला बिक्री गरेको बताउनुहुन्छ ।

एक रोपनी क्षेत्रफलमा लगाएको मखमली फूलबाट ८० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिने भन्दै उहाँले गुण्डुमा सयपत्रीका विभिन्न जात र मखमलीलगायत अन्य फूलहरुको समेत खेती शुरु भएको बताउनुहुन्छ । अहिले दैनिक १० हजार मखमली फूलको माला व्यापारीले गाउँमै आएर लाने गरेको उहाँ बताउनुहुन्छ ।

गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उहाँले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताउनुहुन्छ । यहाँका बासिन्दाले दशैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् ।

खेताला लगाउँदा एउटा मालाको पाँच रुपैया ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उहाँ बताउनुहुन्छ । कतिपयले गाउँ आएका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पु¥याउने गरेका छन् । असारदेखि फूल टिपेर गाँसेर झुत्तो बनाएर राखेको मखमली फलको माला तिहार नजिकिएपछि बिक्री हुने गरेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पुग्छन् माला 

स्थानीय बजारमा मात्र नभई यहाँका फूलमाला अन्तर्राष्ट्रिय बजारमा पनि पुग्ने गर्दछ । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी बस्नेत बताउनुहुन्छ ।

भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पु¥याउन पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “केहीवर्षदेखि अन्तर्राष्ट्रिय बजारका व्यापारीमार्फत यहाँका फूल तथा माला पु¥याउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरु किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु ।” सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा माला अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायत विभिन्न देशमा पु¥याइएको छ । यसवर्ष भने अन्तर्राष्ट्रिय बजारमा फूल निर्यात कम हुने देखिएको उहाँ बताउनुहुन्छ । रासस