८ कार्तिक २०८१, बिहीबार
,
Latest
विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छः मन्त्री अधिकारी माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिजअघि नै कमायो १०८५ करोड पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो दक्षिण अफ्रिकी बलर ल्याङ्ग चितवन राईनोजमा को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घ–दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याउनुभएको हो ।

“हामी विश्वस्त छौं कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेछ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवद्र्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौं ।’’

उहाँले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताउनुभयो ।