१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने व्यक्ति पक्राउ परेका छन् ।

मुम्बईको वरेली प्रहरीले २४ वर्षीय शेख हुसेन शेख मौसिनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो । उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ ।

जमशेदपुरका तरकारी विक्रेता शेख हुसेन शेख मौसिनले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए । उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए ।

मुम्बई प्रहरीका एक अधिकारीले भने कि प्रहरीले सन्देश पठाउने व्यक्तिको खोजी गर्न तुरुन्तै अनुसन्धान थालेको थियो । यसैबीच, मुम्बई ट्राफिक प्रहरीले सोही मोबाइल नम्बरबाट माफीको सन्देश प्राप्त गरेको छ । प्रहरीले त्यो नम्बरलाई झारखण्डमा ट्रेस गर्‍यो र आरोपीलाई पक्राउ गर्न टोली पठाएको थियो ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो – ‘यसलाई हल्का रूपमा नलिउ । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’