काठमाडौं । बुधबार देशभर ३ हजार ३०९ जना कोरोना भाइरसका संक्रमित थपिर्एका छन् । पछिल्लो २४ घण्टामा १३ हजार १४४ जनामा पिसिआर परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।
नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।











