८ कार्तिक २०८१, बिहीबार
,
Latest
यी हुन् संसारका सबैभन्दा खतरनाक ४ ठाउँ, जहाँ जान डराउँछन् मानिस नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त एकीकृत बस्तीका भवन उपयोगविहीन नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः मन्त्री पाण्डे क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ: प्रधानमन्त्री नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका तीन जना मन्त्रीले आज सपथ लिएका छन् ।

बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरुको सपथ गराएका हुन् ।

शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको संख्या ११ पुगेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।