८ कार्तिक २०८१, बिहीबार
,
Latest
इंग्लिस क्रिकेटर सेफ अलि जेबले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने एमालेलाई जग्गा दानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैनः जलवायु विज्ञ राजु पण्डित २०२६ को विश्वकपमा ९ अफ्रिकी टोलीले विश्वकप खेल्ने रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणको बोर्ड बैठक आज, उद्योगीको बक्यौताबारे के होला निर्णय ?



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगी व्यवसायीलाई बाँकी बक्यौता भुक्तानी गर्न दिएको समय सकिएकै दिन आज बोर्ड बैडक बस्दै छ । उर्जा मन्त्रीको अध्यक्षता रहने प्राधिकरणको बोर्ड बैडक बिहान ९ बजेका लागि बोलाइएको हो ।

ऊर्जा मन्त्री अध्यक्ष हुने बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य–सचिव हुन्छन् ।

बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने छ ।

नेपाल विद्युत प्राधिकरणले दशैंको फूलपातीको दिन अर्थात् २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को महसुल तिरेका छैनन् । प्राधिकरणले त्यस्ता उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको थियो ।