४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, नियोजितरुपमा बयान लम्ब्याइएको भन्दै रास्वपाको असन्तुष्टि

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, नियोजितरुपमा बयान लम्ब्याइएको भन्दै रास्वपाको असन्तुष्टि
अ+ अ-

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया ग्रुपका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।

कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेको बयानसमेत नसकिएकाले म्याद थपका लागि आज कास्की जिल्ला अदालत लग्न लागिएको हो । रवि गत शुक्रबार काठमाडौंमा पक्राउ परेका थिए । लगत्तै उनलाई पोखरा लगिएको थियो । उनलाई अदालतको अनुमति लिएर ६ दिन हिरासतमा राखिएको थियो । अदालतबाट पाएको अनुमति हिजो सकिएकाले आज पुन: म्याद थपका लागि लैजान लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयको रोहबरमा प्रहरीले रविसँग बयान लिने क्रम जारी छ । आज पनि उनीमाथि बयान हुने छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने बयान लम्ब्याइएको भन्दै आपत्ति जनाएको छ । बयान लिन ढिलाइ गरेर हिरासतमा राख्ने अवधि लम्ब्याउने षड्यन्त्र भएको दाबी रास्वपाले लगाएको हो । यो कानुनी प्रक्रिया नभएर सत्यलाई दबाबउने प्रयास भएको उसको ठहर छ ।

रास्वपाले लामिछानेलाई थुनामा राख्नुपर्ने कानुनी आधार नै नभएको दाबी गरेको छ । भागी जाने, प्रमाण नष्ट गर्ने, वा कुनै हानीकारक कार्य गर्ने अवस्था भएमा मात्र हिरासत आवश्यक हुने भन्दै रास्वपाले देशको चौथो ठूलो राजनीतिक दलका सभापति र संघीय सांसद रहेका रवि लामिछानेमा यस्ता कुनै पनि अवस्था लागू नहुने जिकिर गरेको छ । उनलाई थुनामा राख्नु राजनीतिक प्रतिशोध बाहेक अरू केही नभएको उसको निष्कर्ष छ ।