७ कार्तिक २०८१, बुधबार
,
Latest
बसको ठक्करबाट दुईको मृत्यु कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित बयान लम्ब्याउने खोजेको भन्दै रविको असन्तुष्टि ,नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान कर्णाली घोषणापत्रलाई आगामी कोप २९ मा महत्वका साथ उठाइनेछ: वन मन्त्री शाही सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्यो संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः महान्यायाधिवक्ता बडाल सरकारको समीक्षा जनताले गर्छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम शुरु भएको छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली घोषणापत्रलाई आगामी कोप २९ मा महत्वका साथ उठाइनेछ: वन मन्त्री शाही



अ+ अ-

काठमाडौ  । वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्चपूर्ण रुपमा उठाउने बताउनुभएको छ ।

जलवायु परिवर्तनबाट पीडित नेपाललाई न्यायका लागि अन्तराष्ट्रिय सम्मेलन कोप २९ मा नेपालको सहभागीता महत्वपूर्ण हुने शाहीको धारणा थियो ।
बुधबार चन्द्रागिरीमा जलवायु परिर्वतन ब्याबस्थापन महाशाखाद्धारा आयोजित कोप सम्मेलनमा सहभागीलाई कसरी प्रस्तुत गराउने भन्ने बिषयको तालिममा मन्त्री शाहीले जलवायु परिर्वतनको सम्मेलन एक महत्वपूर्ण मञ्च हुने भन्दै नेपालले पर्याप्त तयारीका साथ प्रस्तुत हुने बताउनुभयो ।

जहा विश् कोप सम्मेलनमा नेपालको सहभागीता महत्वपूर्ण हुने र जहा विश्वका देशहरु ज्लवायु संकटका समस्याहरुलाई समाधान गर्न केन्द्रीत हुने छन ।
मन्त्री शाहीका अनुसार यस पटकको कोप सम्मेलनमा बिशेष छलफल हुने जलवायु बित्तको बिषयमा हाम्रा लागि बिशेष महत्व रहने छ । बित्तिय सहयोग बिना बिकसिल देशहरुलाई जलवायु संकट संग लडन सहज हुने छैन ।

कोप २९ लाई नै लक्षित गरि कार्तिक ३ र ४ गते मन्त्रालय र साथसाथै नामक संस्थाको संयुक्त आयोजनामा मुगुको रारामा कोपको पूर्व तयारी जलवायु परिर्वतन कार्यशाला भएको थियो । विभिन्न जलवायु विद्, कर्णालीका सबै जिल्लाका जनप्रतिनिधिसहित भएको कार्यशालाले ५ बुँदे कर्णाली घोषणापत्र समेत जारी गरेको थियो ।मन्त्री शाहीले त्यसका निष्कर्ष र सुझाव आगामी विश्व जलवायु सम्मेनल कोप २९का लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

हामीले तापक्रम बृद्धिलाई १.५ डिग्रीमा सिमित गर्ने प्रयासमा पनि ध्यान दिनुपर्छ, मन्त्रीले शाहीले भन्नुभयो, लक्ष्यलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो उर्जा श्रोत अबलम्बन र कार्वन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।

कोष २९ मा नेपालका लागि धेरै बिषयहरुमा छलफल र निर्णय हुनेछन । जलवायु संकट जंग जुद्धन शसक्त आवाज उठाइने मन्त्रीको भनाई छ । कर्णालीको कार्यक्रममा सहभागी जनप्रतिनिधि स्थानीयले जलवायु परिर्वतनको असरले अन्नबाली उब्जनी ह्रास पानीका मुहान सुक्दै गएको हिउ कम पर्न थालेको जस्ता बिषय उठान गरेको मन्त्री शाहीले जानकारी गराउनु भयो ।

सोही कार्यक्रममा राज्यमन्त्री रुपा बिकले कोप सम्मेलनमा नेपालले महत्वपूर्ण मुद्दा उठाउनु आबश्यक देखिएको बताउनुभयो । जलवायु परिर्वतनको असरले नेपालले समाना गरिरहेको उहाको भनाई छ । बिकसित देशहरुले बित्तिय र प्रबिधि सहयोग गरेर बिकासशील देशहरुको जलवायु मैत्री योजनाहरु कार्यन्वयन गर्नमा मदत्त पर्नु पदर्छ राज्यमन्त्रीको भनाई रहेको छ ।

चन्द्रागिरीमा आयोजित सो तालिममा कार्यक्रममा मन्त्रालयका सचिव दिपक खराल, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी छन् । उक्त तालिम तीन दिन सम्म संचालन हुने जलवायु परिर्वतन ब्याबस्थापन महाशाखाले जनाएको छ ।