२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका छविलाललाई आज पुन: पोखरा लगिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई आज फेरि पोखरा लगिँदै छ । रुपन्देही प्रहरीले दुई दिनसम्म बयान लिएपछि आज पोखरा लैजान लागिएको हो ।

रुपन्देही प्रहरीले सरकारी वकिलको कार्यालयमा उनीसँग सोमबार र मंगलबार बयान लिइएको हो । सोमबार दिउँसो १२ बजेदेखि साँझ पौने ७ बजेसम्म र मंगलबार बिहान ११ बजेदेखि साँझसम्मै जोशीसँग बयान लिइएको थियो । बयान प्रमाणीकरणको काम सकिएकाले अब पुन: कास्की प्रहरीको जिम्मा लगाइने छ ।

सरकारी वकिलको कार्यालयमा जोशीको बयान चलिरहँदा न्यायको माग गर्दै भैरहवामा सहकारीपीडितले प्रदर्शन गरेका थिए ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको थियो । जोशीविरुद्ध रुपन्देहीमा उजुरी परेको तथा सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रुपन्देही ल्याई बयान लिइएको हो ।




भर्खरै