२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेहुली फ्रम मेघौली’ बुधबारदेखि ओटिटीमा रिलिज हुने



अ+ अ-

काठमाडौँ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

हलमा दर्शकको साथ पाइरहेको अवस्थामा निर्माता–निर्देशक बस्नेतले हलबाट फिल्मलाई उतारेका थिए ।

त्यसको दुई दिनपछि नै ‘एमएसएम भिडिओ’ एपमा फिल्म रिलिज हुन लागेको हो ।

‘एमएसएम भिडिओ’ एप हालसालै संचालनमा आएको हो । छोटो समयमै एपलाई ८० हजार बढीले डाउनलोड गरिसकेको जनाइएको छ । यस एपमा दर्शकले तोकिएको शुल्क तिरेर उपलब्ध फिल्म छनोट गरेर हेर्न सक्नेछन् ।

बस्नेतका अनसार यो फिल्म युट्युबमा भने नआउने भएको छ । आफ्नो अघिल्लो फिल्म ‘दिमाग खराब’ लाई पनि युट्युबमा रिलिज नगरिने निश्चल बताउँछन् ।

फिल्म युट्युबमा रिलिज गरेपछि ओटिटी प्लेटफर्म फस्टाउँदैन भन्ने निश्चलको भनाई छ ।

फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ ।

फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ ।