२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

यस वर्ष सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने

यस वर्ष सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने
अ अ+ अ-

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन । खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा सहुलियत चिनी ल्याउन नसकेको बताए । उनले चिनी आयातका लागि फेरि दोस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए ।

महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए । उनले सरकारी प्रक्रिया पूरा गर्दा सो समय लाग्ने जिकिर गरे ।‘सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन गरियो । तर, एउटै कम्पनीले पनि आवेदन दिएनन्,’ महाप्रबन्धक खनालले भने, ‘चिनी आयातको टेन्डर मिति २९ असोजसम्म थियो । तर, कुनै पनि कम्पनीको टेन्डर परेन । त्यसकारण फेरि टेन्डर गर्नुपर्ने भएको छ  ।’ ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरेपछि मूल्यांकन, एलसीलगायत प्रक्रिया गर्दा यो तिहार छठसम्म आउने कुनै सम्भावना छैन । उनले भने, ‘सबै प्रक्रिया पु(याउँदा करिब तीन महिना लाग्छ । अझै पनि टेन्डर पर्छ भन्ने छैन ।’ साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियतमध्ये ५ हजार टन ल्याइसकेको छ । तिहार र छठसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए ।

उनले सरकारले सहुलियतमा आयात गर्न आफूहरूलाई दिएको अनुमतिअनुसार निरन्तर आइरहेको जानकारी दिए । साल्टसँग अहिले मौज्दात चिनी भएपछि निजी व्यापारीलाई प्रतिकिलो ७७ रुपैयाँ २० पैसामा बिक्री गरिरहेको उनले जानकारी दिए । निजी व्यापारीले भने थोकमा नै प्रतिकिलो ८१ देखि ८३ रुपैयाँसम्म लिइरहेका छन् । तिहार र छठपर्व नजिकिँदै जाँदा व्यापारीले थोकमै चिनीको मूल्य बढाएका छन् । हाल चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल दर छ । ५० प्रतिशत छुट पाउँदा खाद्य र साल्टले २० प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । तर पनि खाद्य कम्पनीले सस्तो मूल्यमा चिनी आयात गर्न सकेको छैन । सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । तर, बजार हस्तक्षेप गर्ने दायित्व पाएका यी दुई सरकारी स्वामित्वका कम्पनीसँग पर्याप्त चिनी नहुँदा निजी व्यापारीले त्यसको फाइदा उठाउँदै प्रतिकिलो १० देखि १५ रुपैयाँ बढी मूल्य लिने गरेका छन् ।

सहुलियत दरमा आयात गरेको चिनी साल्ट टे«डिङले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । चाडबाडलाई लक्ष्य गरी थप ३ रुपैयाँ छुट दिएको साल्टको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले प्रतिकिलो ८५ देखि ९५ रुपैयाँसम्ममा बेचिरहेका छन् । राजधानी दैनिक