२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

तातोपानी र केरुङ पूर्ववत् सञ्चालनमा ल्याउन सरकारसँग व्यवसायीहरुको आग्रह

तातोपानी र केरुङ पूर्ववत् सञ्चालनमा ल्याउन सरकारसँग व्यवसायीहरुको आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपाल–चीनबीचका दुई व्यापारिक नाका तातोपानी र केरुङ पूर्ववत् सञ्चालनमा ल्याउन पहल गरिदिन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । ती दुई नाका लामो समयदेखि रोकिने तथा कहिलेकाहीँ आंशिक रूपमा सञ्चालन हुने गर्दा आयात गर्न नाकामा ल्याइएका सामान नष्ट हुने र व्यवसायी नै टाट पल्टिने अवस्था आएको भन्दै यस्तो आग्रह गरिएको हो ।
नेपाल–चीन चेम्बर अफ कमर्सले एक विज्ञप्ति जारी गर्दै व्यापारीले विशेष गरी जाडो, गर्मीयाम तथा चाडबाड लक्षित गरी आयात गरिएका विविध सामान आठ–दस महिनादेखि नाकामा अलपत्र अवस्थामा रहेको र कतिपय खाद्य सामग्री तथा फलफूल बिग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको भन्दै समस्यालाई गम्भीरताका साथ लिइदिन आग्रह गरेको हो ।
चेम्बरका महासचिव विवेक पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नाका सुचारु नभए व्यापारी–व्यवसायी टाट पल्टने अवस्था छ । विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्था आएको छ । ”

व्यवसायीका अनुसार रसुवा र तातोपानीमा नेपाल ल्याउन तयारी अवस्थामा रहेका हजारौँ ट्रक मालसामान नाकामा अलपत्र छन् । नाका सुचारु हुने अवस्था नदेखिँदा व्यापारीले दुई देशबीच सडक मार्गबाट हुने व्यापारप्रति नै नकारात्मक दृष्टिकोण बनाउन थालेको, यसले नेपाल चीनबीचको सयौँ वर्ष पुरानो व्यापारिक सम्बन्धप्रति नै नकारात्मक दृष्टिकोण निर्माण हुने र आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन माग गरिएको छ । नाका सञ्चालनका लागि नेपाल र चीनका अधिकारीबीच पटकपटक छलफल भए पनि पूर्ण सञ्चालनमा ल्याउन सकिएको छैन । खासगरी व्यापारिक गतिविधिका लागि सिमानामा आवतजावत हुँदा कोरोना सङ्क्रमण फैलन सक्ने डरले चिनियाँ पक्षले सहज महसुस गर्न सकेको छैन । केरुङ नाकामा दैनिक पाँच ट्रक समान चिनियाँ पक्षले ल्याइदिने र त्यो अनलोड गरेर नेपाली गाडीमा चढाउने गरिँदै आएको थियो तर हजारौँ गाडी रोकिएको अवस्थामा यो अत्यन्तै अपर्याप्त रहँदै आएको छ । उता तातोपानी नाका पनि दशैँ अगाडि नै पूर्ण रूपमा सुचारु हुने भनिए पनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक दुई–चारवटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरेको छ ।

भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए तापनि चिनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना आउने गरेको छैन, विज्ञप्तिमा भनिएको छ, “यस अन्योलको अवस्थालाई निरन्तरता दिनु दुई देशको हितमा कदापि हुँदैन र मुलुकको राजस्व सङ्कलनमा समेत कमी आउने छ । ” विज्ञप्तिमा समस्या समाधानका लागि विशेष पहल गरी धेरैभन्दा धेरै गाडी नेपाल ल्याउने वातावरण बनाउनु जरुरी रहेको र यसका लागि द्विपक्षीय वार्तामार्फत समस्याको स्थायी समाधान खोज्न सम्बन्धित निकायमार्फत यथाशक्य छिटो पहलका लागि सङ्घले विशेष अनुरोध गरेको छ । गोरखापत्र दैनिक