१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुलाई स्वस्तिमाको सुझाव: रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु र आत्मविश्वाशी हुनु



अ+ अ-

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले विद्यार्थीहरुलाई आत्मविश्वाशी हुन सुझाव दिएकी छिन् ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनमा रुचि बढाउन सुरु गरेको ‘फेस्टिभल क्याम्प’को उत्प्रेरणात्मक कक्षामा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै स्वस्तिमाले भित्री चाहना अनुसार लक्ष्य बनाउन सुझाव दिएकी हुन् ।

‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ।,’ स्वस्तिमाले भनिन्, ‘तपाईँको रुचि परिवर्तन हुन सक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’

किशोरावस्थाका संवेगलाई जोड्दै उनले आफूले सोचेको कुरा अभिभावकसँग निर्धक्क भन्न जोड दिईन् । अन्तरक्रियाको क्रममा विद्यार्थीहरुले उनको चलचित्र क्षेत्रमा प्रवेश गर्दाको अनुभव, काम गर्दाको अनुभव, संघर्षका कुरासँगै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरु गरेका थिए । ती प्रश्नको जवाफमा अभिनेत्री खड्काले बाल्यकालमा मनमा आएको कुरा सुनाउँदै भनिन्, ‘सानोमा अभिनेत्री हुन मन थियो तर यो कुरा अभिभावकसँग भनिन । उच्च शिक्षामा पनि इञ्जिनियरिङ् पढेँ । गणित गाह्रो लाग्थ्यो । मिहनेत गर्दा गर्दा राम्रो अङ्क प्राप्त भयो ।’

अभिनेत्री खड्काले आफूभित्रको रुचिअनुसार क्षमता विकास गर्ने लक्ष्य बनाउनु पर्नेमा जोड दिईन् ।

महानगरपालिकाले सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्दै आएको छ ।